सरकारको ‘साझा संकल्प तथा नीतिगत प्रतिबद्धता’ पारित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  मन्त्रिपरिषद बैठकले सरकारको ‘साझा संकल्प तथा नीतिगत प्रतिबद्धता’ पारित गरेको छ। बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले कांग्रेस र एमालेलगाउत गठबन्धन सरकारको ‘साझा संकल्प तथा नीतिगत प्रतिबद्धता’ पारित गरेको हो। 

सरकारको ‘साझा संकल्प तथा नीतिगत प्रतिबद्धता’ कार्यदलले आजै प्रधानमन्त्री केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवालाई बुझाएको थियो।

कांग्रेस र एमालेबीच भएको सात बुँदे सहमतिबमोजिम कार्यदलले तयार गरेर उपलब्ध गराएको सरकारको साझा संकल्प र नीतिगत प्रतिबद्धता आजको बैठकबाट पारित भएको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जनाए। 

कांग्रेस महामन्त्री गगन थापा, प्रवक्ता प्रकाशसरण महत, एमालेका उपमहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु रिमाल सदस्य रहेको कार्यदलले साझा संकल्प तयार गरेको हो। 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।