‘काठमाण्डु शहर’ को म्यूजिक भिडियो सार्वजनिक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपाली रक ब्याण्ड झिल्के एण्ड द कम्पनीले आफ्नो गीत ‘काठमाण्डु शहर’ को म्यूजिक भिडियो सार्वजनिक गरेको छ। गीतमा काठमाडौं शहरलाई समर्पित गरिएको गीतमा काठमाडौंको जीवन्त संस्कृति र समृद्ध इतिहासको वर्णन छ।

ब्याण्डको एलबम ‘जवानीको जोश’ मा समेटिएको गीत ‘काठमाण्डु शहर’ले द्वन्द्वकालको समयमा काठमाडौं शहरमा हुर्किंदै गरेको एक युवकका अनुभवहरूलाई समेटिएको छ। व्यंग्यात्मक शब्दहरू र आकर्षक धुनसँग साँचो मायाका साथ व्यंग्य मिसाइएका गीतले काठमाडौंका लागि एक प्रेमपत्र समेटेको छ।

ब्रोकन एग स्टुडियोमा रेकर्ड गरिएको गीत साउन्ड फ्यूजन स्टुडियोमा राहिताज गुरुङले रिमास्टरिङ गरेका हुन्। व्याण्डका अनुसार यो गीत सबै प्लेटफर्ममा उपलब्ध छ।

गीतका गायक तथा गीतकार स्टिभ देवानले काठमाडौं आफ्नो घर भएकाले गीतमा घरप्रतिको गहिरो माया र स्नेहलाई प्रस्तुत गरेको बताए।

म्यूजिक भिडियो ऐतिहासिक र सांस्कृतिक महत्त्व बोकेको युनेस्को विश्व सम्पदा क्षेत्र काठमाडौं दरबार स्क्वायरमा छायांकन गरिएको हो।

ब्याण्डका व्यवस्थापक पोजेटिभ भाइब्स इन्टरटेनमेन्ट नेटवर्क (पीभीई) नेटवर्कका विकेश कायस्थले गीतले काठमाडौंको सुन्दरता र महत्त्वलाई जोड दिंदै गीतमार्फत सांस्कृतिक पहिचानको पनि प्रतिनिधित्व गराएको बताए।

ब्याण्डका बेसिस्ट विशालहाङ राईले गीतले शहरप्रतिको माया र शहरका समस्याहरूप्रति चिन्ता गरेको कुरालाई पनि प्रस्तुत गर्ने जनाए। ड्रमर दिपसन केसीले दर्शकलाई ‘काठमाण्डु शहर’को दृश्य र श्रवण परिदृश्य अन्वेषण गर्न गर्दै गर्दा उनीहरूले व्याण्डको संगीत र जीवनलाई आकार दिने शहरका लागि गहिरो कदर र सराहनाको भावना जगाएको उल्लेख गरे। 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।