सुनको मूल्यमा दोस्रो दिन पनि गिरावट, कतिमा हुँदैछ आज कारोबार?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं  । नेपाली बजारमा आज सुन–चाँदीको मूल्य घटेको छ। मङ्गलवार प्रतितोला ६ सय रूपैयाँ घटेको सुनको मूल्य आज प्रतितोला तीन सय रूपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५६ हजार चार सय रूपैयाँमा कारोबार भइरहेको छ। मङ्गलवार छापावाल सुन प्रतितोला एक लाख ५६ हजार सात सय रूपैयाँमा कारोबार भएको थियो।

यस्तै आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला एक हजार सात सय ९० रूपैयाँमा कारोबार भइरहेको छ।

मङ्गलवार चाँदी प्रतितोला एक हजार नौ सय पाँच रूपैयाँमा कारोबार भएको थियो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।