निर्वाचन आयोगद्वारा मतदाता नामावली संकलन कार्य स्थगित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  निर्वाचन आयोगले मतदाता नामावली संकलन कार्य स्थगित गरेको छ।

आयोगले २०८१ साल मंसिर १६ गतेका लागि स्थानीय तहको उपनिर्वाचन तोकिसकेकाले मतदाता नामावली संकलन कार्य स्थगित गरिएको जनाएको छ। आयोगका अनुसार सोमबारसम्म दर्ता नामावलीमात्र मान्य हुनेछ। 

सरकारले निर्वाचनको मिति घोषणा गरेपछि  सोमबार बसेको आयोग बैठकले नामावली संकलन रोक्न देशभरका जिल्ला निर्वाचन कार्यालयमा परिपत्र गर्ने निर्णय गरेको छ। तीन स्थानीय तहका प्रमुख एवम् अध्यक्षसहित ४१ स्थानमा उपनिर्वाचन हुँदैछ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।