काठमाडौं । कामना सेवा विकास बैंकले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।
बैंक संचालक समितिको भदौ २८ गते बसेको बैठकले सेयरधनीलाई ७ प्रतिशत बोनस सेयर र करसहित ५ प्रतिशत नगद गरी कुल १२ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।
प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधरण सभाबाट पारित भएपछि सेयरधनीले पाउने छन् ।
Comment