संवैधानिक परिषद् बैठक निष्कर्षविहीन, अर्को बैठक भदौ ३१मा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  प्रधानन्यायाधीशको सिफारिस गर्न बसेको संवैधानिक परिषदको बैठक विना निश्कर्ष सकिएको छ। 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार साँझ परिषद् बैठक बसेको थियो। संवैधानिक निकायमा सिफारिस गर्नु अगाडी पर्याप्त अध्ययन गर्नुपर्ने भएको बताउँदै विना निर्णय बैठक सकिएको हो। 

अर्को बैठक ३१ भदौमा बस्ने तय भएको छ । हालका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले ६५ वर्षे उमेर हदका कारण असोज १९ मा अवकाश लिँदैछन्। 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।