सानिमा बैंकका ग्राहकले दूसित प्रिन्सेस काठमाडौंमा विशेष छुट पाउने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सानिमा बैंकले ग्राहकले दूसित प्रिन्सेस काठमाडौंमा विशेष छुट पाउने भएका छन् । बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न छुटको व्यवस्था गरेको हो ।

उक्त व्यवस्था अन्तर्गत सानिमा भिसा डेबिट/क्रेडिट कार्ड तथा सानिमा मोबाइल बैंकिङ्ग (क्यूआर स्क्यान) मार्फत डिजिटल भुक्तानी गर्दा रिसोर्टका सम्पूर्ण खाना लगायतका सेवाहरुमा १५ प्रतिशतको छुट पाउने छन् ।

बैंकले यसैगरी ग्राहकहरुलाई विभिन्न छुट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम् प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ ।

सानिमा बैंकको देशको सातै प्रदेशमा १३३ वटा कार्यालय र १२४ वटा एटीएम संचालनमा रहेका छन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।