सबै दलको सहमतिमा मात्रै संविधान संशोधन हुन्छ : ऊर्जामन्त्री खड्का

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

किमाथाङ्का ।  ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले समयानुकूल संविधान संशोधन गरिनुपर्ने बताएका छन्।

आज गृह जिल्ला सङ्खुवासभामा जिल्ला समन्वय समितिले आयोजना गरेको छलफल कार्यक्रममा उनले सबै दलहरूको सहमतिमा हाल देखिएका समस्या समाधानका लागि संविधान संशोधन गर्नुपर्नेमा जोड दिए। 

संविधान संशोधन अहिलेको आवश्यकता भए पनि नेकपा एमाले र नेपाली कांग्रेसले मात्र संविधान संशोधन सम्भव नहुने भएकाले नेकपा माओवादी केन्द्रलगायतका दलको सहमति जुटाएर अगाडि बढ्न सरकारले सहजीकरण गर्ने बताए। य

सैगरी मन्त्री खड्काले ऊर्जा क्षेत्रलाई सरकारले मुख्य आयस्रोतका रूपमा अगाडि बढाएको र निजी क्षेत्रलाई साथमा लिएर अगाडि बढ्ने बताए। मन्त्री खड्कासँगै मन्त्रालयका सचिव, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायतको टोली सङ्खुवासभा पुगेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।