ओली शासनमा विद्यार्थीले दीक्षित हुन पनि पाएनन्ः रास्वपा सांसद श्रेष्ठ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।   प्रतिपक्ष दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोह स्थगित गरेको भन्दै आपत्ति जनाएकी छन्।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानकाे दीक्षान्त समारोह भाद्र २३ गतेका लागि तय गरिएको थियो। तर सबै विद्यार्थीहरू दीक्षित हुनका लागि त्यहाँ पुगेपछि प्रधानमन्त्री ओलीले कुलपतिको हैसियतले कार्यव्यस्तताको कारण देखाउँदै सो दीक्षान्त समारोह स्थगित गरेका थिए।

साेमबारकाे प्रतिनिधि सभा बैठकमा पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीसमेत रहेकी श्रेष्ठले ओलिले अन्तिम समयमा आएर प्रतिष्ठानको दीक्षान्त समारोह स्थगित गरेकोमा आपत्ति जनाएकी हुन्।

उनले भनिन,’ प्रमज्यू तथा कुलपतिज्युले राति म आउन सक्दिन कार्य व्यस्तता भनिदिनु भयो। कार्य व्यस्तता मिलाउन नसक्ने कस्तो कार्यक्षमतामाथि नै पटक पटक प्रश्न उठन थाल्यो। विद्यार्थीहरूको दीक्षित हुने राइट होइन त्यो ? हक अधिकार होइन ? सभामुख महोदय, म सरकारको गम्भिर ध्यानाकर्षण गराउन चाहन्छु–विद्यार्थीहरुको जीवनमा यस्तो जाँचमा खेलबाड नगरियोस्।’

सांसद श्रेष्ठले सो प्रतिष्ठानको दीक्षान्त समारोह र कृषि तथा वन विज्ञान विश्वविद्यालयका परीक्षा कहिलेबाट शुरु हुन्छ? भनी सरकारलाई प्रश्न समेत गरिन्।

उनले भनिन्,’ बरु राणा शासनमा एउटा विद्यार्थीलाई पढ्नका लागि व्यवस्था थियो भन्छन्। यो ओली शासनमा चाहिँ इतिहासले कसरी लेख्छ। यो चाहीँ हेर्नुपर्नेछ। ओली शासनमा यो एएफयुको जाँच कहिले हुन्छ ? कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोह कहिले हुन्छ ? सभामुख महोदय। ’

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।