सरकारले पीडित जनतालाई यथाशिघ्र राहत दिनुपर्छः काँग्रेस नेता खड्का

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका नेता एवं पूर्व मन्त्री डा नारायण खड्काले जनताका वर्तमान आवश्यकता पूर्तिका लागि चिन्तित र संवेदनशील भएर काम गर्न सरकारलाई आग्रह गरेका छन् ।

सोमवार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै उनले जनता विद्रोहको चरणमा पुगिसकेको उल्लेख गर्दै उनीहरूलाई वर्षातका कारण भएको क्षतिको तत्काल राहत दिने व्यवस्था नगर्ने हो भने त्यसले मुलुकमा भयावह अवस्था ल्याउने दाबी समेत गरे।

नेता खडकाले जनताको संवेदनशीलताप्रति सरकार उदासीन भयो भने त्यसले जनविद्रोहलाई जन्माउने भएकाले त्यसतर्फ सचेत भएर अघि बढ्नुपर्ने पनि बताए। उनले उदयपुर जिल्लामा त्रियुगा नदीले बस्तीको नागरिकलाई विस्थापित गराएकाले उनीहरूलाई सुरक्षित बस्तीमा स्थानान्तरण गर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराए। नेता खड्काले जनताप्रति सरकारले उदासीनता देखाउन नहुने पनि स्पष्ट पारे । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।