एन्फा लिगमा कोशीको तेस्रो र पुलिसको दोस्रो जित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राजधानीमा जारी​ एन्फा महिला लिग फुटबलमा नेपाल पुलिस क्लबले दोस्रो खेल जितेको छ।

आइतवार  भएको खेलमा बागमती प्रदेशलाई १–० गोलले पराजित गर्दै पुलिसले खेलेका तीन खेलमध्ये दोस्रो खेल जितेको हो। पहिलो हाफ दुवै टोलीले गोलरहित बराबरी खेले पनि दोस्रो हाफमा पुलिसले बाजी मार्‍यो।

​खेलको ६५औँ मिनेटमा निर्मला उपाध्यायले गोल गर्दै पुलिसलाई अग्रता दिलाएकी थिइन्। जितसँगै दोस्रो स्थानको पुलिसले स्पष्ट ३ अंक जोड्दै लिगमा ७ अंक बनाएको छ। 

आइतवार भएको पहिलो खेलमा कोशी प्रदेशले लगातार तेस्रो खेल पनि जितेर ९ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा कायमै रहेको छ। कोशीले कर्णाली प्रदेशलाई ​सातदोबाटोस्थित एन्फा कम्प्लेक्समै भएको खेलमा कोशीले कर्णालीलाई ४–० गोलअन्तरले हराउँदै जित हासिल गरेको हो। 

आइतवार कोशीको जितमा पूर्णिमा राईले २ गोल गरिन् भने समीक्षा मगर र प्रतीक्षा राईले १/१ गोल गरे। कोशीकी पूर्णिमाले खेलको ३४औँ मिनेटमा पहिलो गोल गरिन्। 

त्यसपछि खेलको ६७औँ मिनेटमा समीक्षाले गोल गर्दै कोशीको अग्रता दोब्बर बनाइन्। त्यसको ५ मिनेटपछि पूर्णिमाले व्यक्तिगत दोस्रो र टोलीका लागि तेस्रो गोल गरिन्। 

खेलको ७५औँ मिनेटमा प्रतीक्षाले अर्को गोल थपेपछि कोशीले कर्णालीमाथि ४–० गोलअन्तरले खेल सहजै जित्यो।

यससँगै कोशीले ३ खेलबाट ९ अंक बटुल्दै अंक तालिकाको पहिलो स्थानमा उक्लेको छ। पराजित कर्णालीको भने १ अंक छ। 

यसअघि कोशीले वालिङ नगरपालिकालाई ४–० र बागमती युवा क्लबलाई २–१ ले पराजित गरेको थियो। यसअघि चन्द्रपुरसँग १–१ को बराबरी खेलेको कर्णालीले वालिङ नगरपालिकासँग ४–० को पराजय बेहोरेको थियो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।