‘नदी किनाराका जमिन खाली गराउने अदालतको निर्णय गलत’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा एकीकृत समाजवादीले नदी किनाराका जमिन खाली गराउने अदालतको निर्णयले जनताको नीजि सम्पत्तीमाथिको संवैधानिक अधिकार हनन गरेको निश्कर्ष निकालेको छ।

पार्टी जनताको पक्षमा उभिने र यसको लागि सबै किसिममा संवाद गर्दै दवाबमूलक कार्यक्रम गर्न समेत पहल गर्ने जनाएको  छ।

पीडित जनतासँग तत्काल अन्तरक्रिया गर्न र पार्टीको  धारणा जनतासम्म पुर्याउन पार्टीका सम्बन्धित कमिटीहरुलाई निर्देशन समेत दिएको छ। उपत्यकाका पार्टीका नेताहरुको आजको डेलिकेशनलाई सम्बोधन गर्दै अध्यक्ष माधव नेपालले यस्तो निर्देशन  दिए।

पार्टीका काठमाडौं जिल्ला अध्यक्ष एलपी श्रेष्ठ, भक्तपुरका जिल्ला अध्यक्ष हरिकृष्ण थापा र भक्तपुरका अध्यक्ष श्याम बस्नेतको नेतृत्वमा आएको प्रतिनिधिमण्डलसँगको छलफलपछि यस्तो निष्कर्ष निकालिएको हो।

कार्यक्रममा अध्यक्ष माधव नेपाल, उपाध्यक्षहरु राजेन्द्र पाण्डे, गंगालाल तुलाधर, जगन्नाथ खतिवडा र महासचिव घनश्याम भुसालको उपस्थिति रहेको थियो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।