काठमाडौं । एभरेष्ट बैंकले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।
बैंक संचालक समितिको भदौ २१ गते बसेको बैठकले सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ५.५३ प्रतिशत नगद गरी कुल १५.५३ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।
बैंकले गत वर्षको नाफाबाट सेयरधनीलाई ३० प्रतिशत लाभांश दिनसक्ने क्षमता भए पनि आधा मात्र दिएको छ ।
प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधरण सभाबाट पारित भएपछि सेयरधनीले पाउने छन् ।
Comment