रेडियो नेपालको कार्यकारी निर्देशकमा अमरध्वज लामा नियुक्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । रेडियो नेपालको कार्यकारी निर्देशकमा अमरध्वज लामा नियुक्त भएका छन् । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले सञ्चार मन्त्रालयको प्रस्तावमा लामालाई रेडियो प्रसार विकास समितिको कार्यकारी निर्देशक नियुक्त गरेको हो ।

मन्त्रालयका सहसचिव बाबुराम भण्डारीको अध्यक्षतामा गठित समितिले लामा सहित अनिता गुरुङ र दीपक ज्ञवालीको नाम सिफारिस गरेको थियो । सिफारिस भएकामध्येबाट लामालाई नियुक्त गरेको हो ।

लामाले रेडियो नेपालमा २५ वर्ष सेवा गरेर स्वैच्छिक अवकाश लिएका थिए ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।