एआईजी ज्ञवालीसहित पाँच प्रहरी अधिकृतको रिटमा भएन अन्तरिम आदेश

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  उमेर हदका ाधारमा अवकाशमा नपठाउन मागसहित नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवालीसहित पाँच प्रहरी अधिकृतले दिएको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।

सर्वोच्चका न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले विहीबार अन्तरिम आदेश दिन अस्वीकार गरेको हो। रिटलाई भने चाँडो निश्कर्षमा पु¥याउन अग्राधिकार प्रदान गरिएको छ। 

एआईजी ज्ञवाली, डीआईजीहरु यज्ञविनोद पोखरेल, केदार ढकाल, राजेशनाथ बाँस्तोला र इन्सपेक्टर नागेन्द्र ठाकुरले गत भदौ १२ गते रिट दिएका थिए। 

प्रहरी किताबखानाले अवकाशको पत्र पठाएपछि उनीहरु सर्वोच्च पुगेका हुन् । एआइजी ज्ञवालीले आगामी साता प्रहरी सेवाबाट अवकाश पाउँदैछन्। 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।