लोसपा कार्यकारिणी समितिको बैठक बस्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालको कार्यकारिणी समिति बैठक आज पनि बस्दै छ। 

आजको बैठकमा कार्यकारिणी समितिका सदस्यहरुले आआफ्नो धारणा राख्ने छन्। धारणा राख्ने क्रम सकिएपछि नेतृत्वले जवाफ दिने कार्यक्रम रहेको छ।

आजको बैठकमा स्थानीय तह उपनिर्वाचनका लागि आवश्यक तयारी, महाधिवेशनको तयारी, नेताहरूको जिम्मेवारी हेरफेर, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवस्थाबारे समीक्षा हुने बताइएको छ।

हिजो सुरु भएको बैठकमा संविधान संशोधनका लागि पार्टीको स्पष्ट दृष्टिकोण बनाउन सदस्यहरुले माग गरेका थिए। 

उनीहरुले मुलुकमा देखिएका समस्या सम्बोधनका लागि समयसापेक्ष संविधान संशोधन हुनुपर्नेमा जोड दिएका छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।