नेपाल र साउदी अरबबीचको श्रम सम्झौता पुनरावलोकन गर्छौं : प्रस्तावित राजदूत ढकाल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । साउदी अरबका लागि प्रस्तावित राजदूत नरेशविक्रम ढकालले आफू राजदूत नियुक्त भए नेपाल र साउदी अरबबीचको श्रम सम्झौता पुनरावलोकन गर्ने बताएका छन् ।

नेपाल र साउदी अरबबीचको श्रम सम्झौता पुनरावलोकन गर्छौं : प्रस्तावित राजदूत ढकाल

बुधबार संसदीय सुनुवाई समितिको बैठकमा आफ्नो कार्ययोजना प्रस्तुत गर्दै ढकालले मस्यौदा समेत तयार भइसकेको अवस्था रहेको भन्दै मस्यौदालाई अन्तिम रुप दिएर सम्झौता पुनरावलोकन गर्न भूमिका खेल्ने उल्लेख गरे ।

‘उच्चस्तरीय भ्रमण भएको छैन । साउदी अरबबाट मात्र होइन नेपालबाट पनि दोहोरो उच्चस्तरको भ्रमण गराउने मेरो पहिलो योजनामा राखेको छु । मेरो तर्फबाट मैले वार्ता, छलफल गर्ने र निमन्त्रणा आदान–प्रदान गर्ने काम गर्दछु । जसले गर्दा दुई देशको सम्बन्धले उचाई कायम गर्नेछ । हाम्रा ४ लाख नेपालीहरु हुनुहुन्छ । उहाँहरुका लागि लामो समयदेखि श्रम सम्झौतालाई पुनरावलोकन गर्नुपर्ने अवस्था छ । किनकी बजारको वर्क भ्यालु धेरै बढिसकेको छ । यद्यपी पुराना स्केलमा काम गर्नु परिरहेको छ’ ढकालले भने,’त्यसैले यो सम्झौतालाई मैले धेरै महत्वका साथ लिनेछु र त्यहाँ रहँदा साउदी अरबको सरकारसँग नेपाल सरकारसँग अनिवार्य रुपमा गर्नुपर्ने खालको, उच्च महत्व दिनुपर्ने छ । यसका लागि ड्राफ्टहरु तयार गरिएका पनि छन् । त्यसलाई फाइनल कसरी गर्न सकिन्छ ? त्यसमा मेरो भूमिका रहनेछ ।’

उनले साउदी अरबमा रहेका ४ लाख नेपालीहरुले पुरानै स्केल अनुसार काम गरिरहनु परेको अवस्था रहेकाले बजारको नयाँ अवस्था अनुरुप श्रम सम्झौता हुनुपर्नेमा जोड दिए ।

‘उच्चस्तरीय भ्रमण भएको छैन । साउदी अरबबाट मात्र होइन नेपालबाट पनि दोहोरो उच्चस्तरको भ्रमण गराउने मेरो पहिलो योजनामा राखेको छु । मेरो तर्फबाट मैले वार्ता, छलफल गर्ने र निमन्त्रणा आदान–प्रदान गर्ने काम गर्दछु । जसले गर्दा दुई देशको सम्बन्धले उचाई कायम गर्नेछ । हाम्रा ४ लाख नेपालीहरु हुनुहुन्छ । उहाँहरुका लागि लामो समयदेखि श्रम सम्झौतालाई पुनरावलोकन गर्नुपर्ने अवस्था छ । किनकी बजारको वर्क भ्यालु धेरै बढिसकेको छ । यद्यपी पुराना स्केलमा काम गर्नु परिरहेको छ’ उनल‍े भने ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।