दशैंमा ठूलो परिमाणमा नयाँ नोट नसाट्ने राष्ट्र बैंकको तयारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल राष्ट्र बैंकले यस वर्ष चाडपर्वमा नयाँ नोट सटही नगर्ने भएको छ । तर सुकिला खुद्रा नोट भने सटही गरिने भएको छ । केन्द्रीय बैंकमा साना दरका सुकिला नोट नै पर्याप्त रहेको भन्दै यसपटक दशै‌ंमा सुकिला नोट सटही नगर्ने नेपाल राष्ट्र बैंकका सूचना अधिकारी डिलाराम पोखरेलले बताएका छन् ।

विगतका वर्षहरूको जस्तै साना दरको नोट सटही व्यवस्था भने हुनेछ । ५, १०, २०, ५० र १०० रुपैयाँ दरका नोट सटही गर्न पाउने व्यवस्था हुनेछ । विगतदेखि नै नेपाल राष्ट्र बैंकले दशैंमा नयाँ नोट सटही गर्दै आएको छ ।

साना दरको १\१ सेटको दरले १८ हजार ५०० रुपैयाँको नयाँ नोट सटही गर्ने व्यवस्था केन्द्रीय बैंकले गर्दै आएको छ । गत वर्ष साटिएका नयाँ नोट केन्द्रीय बैंकमा फिर्ता आएका कारण सोही नोट यो वर्षको दशैंमा सटही गर्ने व्यवस्था हुने छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।