काठमाडौँ । काठमाडौँको तारकेश्वर नगरपालिका– ४ मा खोलाले बगाउँदा एक जना बेपत्ता भएका छन् ।
लोलङ तरकारी बजार नजिकैको खोलाले बगाउँदा रसुवा घर भएका १२ वर्षीय विमल तामाङ बेपत्ता भएका हुन् ।
उनको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले बताए ।
मंगलबार दिउँसोको वर्षाले काठमाडौँ उपत्यकाका नदी तथा खोलामा बाढी आएको छ । काठमाडौँको विष्णुमती नदीले मंगलबार साँझ खतराको तह समेत पार गरेको छ ।
Comment