कतारका लागि प्रस्तावित राजदूत भन्छन्- प्रत्यक्ष लगानी भित्र्याउन कतार सरकारसँग विशेष पहल गर्छु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । कतारका लागि प्रस्तावित राजदूत रमेशचन्द्र पौडेलले नेपालमा प्रत्यक्ष लगानी भित्र्याउन कतार सरकारसँग विशेष पहल गर्ने बताएका छन्।

मंगलबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकमा आफ्नो कार्ययोजना प्रस्तुत गर्दै उनले यस्तो बताएका हुन्।

उनले कतारसँगको सम्बन्ध थप बिस्तार गर्दै कतारमा रहेका नेपालीहरुका समस्या समाधानका लागि पहल गर्ने बताए।

उनले कतारमा रहेका नेपाली श्रमीकहरुका समस्या समाधानका लागि आवश्यक पहलकदमी लिने र उनीहरुले पाउनुपर्ने सुविधाको व्यवस्थापन गर्ने उल्लेख गरे।

प्रस्तावित राजदूत पौडेलले सरकारको निर्देशन र त्यहाँको परिस्थितिअनुसार कार्यक्रमहरु अघि बढाउने पनि बताए।

श्रमिकहरूको सम्झौताको अवधि थप गर्ने उनकाे भनाइ छ।

समितिमा विभिन्न देशका लागि प्रस्तावित राजदूतहरूको सुनुवाइ जारी छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।