कतार एयरवेजको रणनीति नेपाल एयरलाइन्सले अनुशरण गर्नुपर्नेमा जोड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । संस्कृति,पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री प्रसाद पाण्डेसँग नेपालका लागि कतारका राजदूत मिशाल मोहम्मद अली अल अन्सारीले शिष्टाचार भेटवार्ता भएको छ ।

मन्त्री पाण्डे र राजदूत अन्सारीसहितको भेटवार्ताका क्रममा द्धिपक्षी हितका बारेमा छलफल भएको हो ।

मंगलबार मन्त्रालयमा भएको भेटवार्तामा दुई देशबीचको संस्कृति, पर्यटन क्षेत्रको विकास र समृद्धिका बारेमा छलफल भएको थियो ।

छलफलका क्रममा विश्वकै उत्कृष्ट भनिएको कतार एयरवेजले अवलम्बन गरेका रणनीति र नेपाल एयरलाइन्सले अनुशरण गनुपर्ने विषयमा समेत छलफल भएको थियो ।

द्धिपक्षीय भेटघाटका क्रममा परराष्टमन्त्रालयका प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।