एनएमबी बैंकले ३ अर्बको अग्राधिकार सेयर जारी गर्ने, ८.५% लाभांश दिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । एनएमबी बैंकले अविमोच्य असंचित अग्राधिकार सेयर (सेयर रकम फिर्ता नहुने) जारी गर्ने भएको छ ।

भदौ १४ गते बसेको बैंक संचालक समितिको बैठकले प्रतिकित्ता १०० रुपैयाँ दरले ३ अर्ब रुपैयाँ बराबरको ३ करोड कित्ता कित्ता अग्राधिकार सेयर जारी गर्ने निर्णय गरेको हो ।

उक्त सेयर बैंकले व्यक्तिगत तवरबाट संस्थागत लगानीकर्तालाई मात्र बिक्री गर्ने जनाएको छ । बैंकका अनुसार उक्त अग्राधिकार सेयरमा लगानी गर्नेले वार्षिक ८.५ प्रतिशत प्रतिफल पाउने छन् ।

पूँजीकोषको दबाबमा रहेको बैंकले पूँजी कोष व्यवस्थापनका लागि अग्राधिकार सेयर जारी गर्न लागेको हो । नेपाल राष्ट्र बैंकले केही महिना अघि पूँजी कोष व्यवस्थापनका लागि अग्राधिकार सेयर जारी गर्न पाउने व्यवस्था गरेको थियो ।

तोकिएको पूँजीकोष कायम गर्न नसके बैंकहरुलाई थप कर्जा विस्तारमा समस्या हुन्छ । साथै, कुनै आर्थिक वर्षको कुनै अवधिमा तोकिएको पूँजीकोष अनुपात कायम गर्न नसके राष्ट्र बैंकले लाभांश वितरणमा रोक लगाउँछ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।