नारायणी रंगशालाको पुनः निर्माण पहिलो प्राथमिकता छः मन्त्री चौधरी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले वीरगञ्जको नारायणी रंगशालाको पुनः निर्माण पहिलो प्राथमिकता राखेर अगाडि बढाउने बताएका छन्।

मन्त्री चौधरीसहित मधेस प्रदेश सरकारका खेलकुदमन्त्री प्रमोद जयसवालसहितको टोलीले आज वीरगञ्जको नारायणी रंगशालाको निरीक्षण गरेको हो। वीरगञ्जको धरोहरको रुपमा रहेको नारायणी रंगशालाको अवस्था जिर्ण रहेको भन्दै मन्त्री चौधरीले खेलकुद संरचनाको अवलोकन तथा निरीक्षण गर्दै रंगशाला पुनः निर्माणका लागि पहिलो प्राथमिकता साथ काम अगाडि बढाउने बताएका हुन्।

रंगशालाको स्तरोन्नति गर्नको लागि कतार सरकार तयार रहेकोले रंगशालाको पुनः निमार्ण द्रुत गतिमा अघि बढाउने मन्त्री चौधरीले प्रतिबद्धता जनाए।

उनले अनुगमनको क्रममा पुनः निमार्णको काम अघि बढेको पाइएको उल्लेख गर्दै आफ्नो कार्यकालमा नयाँ योजनाका साथ सरोकारवाला निकायसँग सहकार्य गरी आयोजना अघि बढाउने उल्लेख गरे।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।