बीआरआई परियोजनामा सरकारसँग भएको सम्झौताअनुसार अघि बढ्छु: चीनका लागि प्रस्तावित राजदूत ओली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । चीनका लागि प्रस्तावित राजदूत प्राध्यापक डाक्टर कृष्णप्रसाद ओलीले बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजनामा आफूले नेपाल सरकारले गरेका निर्णय कार्यान्वयन गर्दै अघि बढ्ने बताएका छन् ।

सो परियोजनाबारे सरकारले गरेको निर्णय कार्यान्वयनका लागि प्रयत्नशील रहने राजदूतको रुपमा आफ्नो भुमिका हुने उनको कार्य योजना थियो ।आइतबार संसदीय सुनुवाइको क्रममा प्रस्तावित राजदूत ओलीले सांसदहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा नेपालले उत्तर–दक्षिण कनेक्टिभिटी परिचालन गर्नका लागि ट्रान्स हिमालयन कनेक्टिभिटीमा टेकेर पनि अघि बढ् नसक्ने धारणा राखे ।

उनले चिनियाँ पर्यटकहरूलाई नेपाल भित्र्याउने काममा पनि आफू दत्तचित्त भएर लागिपर्ने प्रतिवद्धता व्यक्त गरे । चीनमा २१ प्रतिशत बुद्धिष्टहरु रहेको उल्लेख गर्दै प्रस्तावित राजदूत ओलीले उनीहरूलाई नेपालमा पर्यटकको रुपमा भित्र्याउने काममा पनि आफूले सहजीकरण गर्ने बताए ।

तातोपानी भन्सार निरन्तर सञ्चालनमा ल्याउनका लागि आफूले राजदूत हुने बित्तिकै पहल गर्ने पनि प्रस्तावित राजदूत ओलीको भनाई थियो ।प्रस्तावित  राजदूत ओलीले लुम्बिनी र पोखरामा चिनियाँ पर्यटकहरूले आफ्नो गन्तव्य बनाउने भएकाले त्यसमा पनि आफूले जोड दिने बताए ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।