‘पौडी खेलको विकास र विस्तार गरेर खेलाडीको भविष्य उज्ज्वल बनाउनुपर्छ’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ललितपुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेतले पौडी खेलको विकास र विस्तार गरेर खेलाडीको भविष्य उज्ज्वल बनाउनुपर्नेमा जोड दिएका छन्।

नेपाल पौडी संघले सातदोबाटोमा आयोजना गरेको पाँच दिने प्रशिक्षक प्रशिक्षणका सहभागीलाई प्रमाणपत्र वितरण कार्यक्रममा उनले पौडी जस्तो स्वास्थ्यका लागि महत्वपूर्ण खेललाई नेपालका ७७ वटै जिल्लामा शाखा विस्तार गरिनुपर्ने बताए। 

पूर्वमन्त्री बस्नेतले पौडी क्षेत्रका प्रशिक्षक र  खेल पूर्वाधार विकासका लागि सरकारले ध्यान दिनुपर्ने आवश्यकता औँल्याए। 

संघका अध्यक्ष जगतमान श्रेष्ठले संघले यस क्षेत्रका खेलाडीको क्षमता अभिवृद्धिका साथै संरक्षणका लागि ध्यानपूर्वक लागिरहेको बताए। 

यस्तै, महासचिव ईश्वर कार्की पानीमा हुने दुर्घटनाबाट बच्न महत्वपूर्ण हुनुका साथै दिनहुँ पौडी खेल्न सक्दा मुटु र फोक्सो स्वास्थ रहने बताए। 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।