जनताको सुरक्षा सरकारको पहिलो प्राथमिकता हो : मुख्यमन्त्री कार्की

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुनसरी । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले जनताको सुरक्षा प्रदेश सरकारको पहिलो प्राथमिकता भएको बताएका छन्। 

धरान उपमहानगरपालिका–१८ स्थित इलाका प्रहरी कार्यालयको हिरासत भवनको आज उद्घाटन गर्दै उनले जनताको पहिलो चासोको विषय शान्तिसुरक्षा भएकाले त्यसतर्फ सरकारको विशेष ध्यान जाने स्पष्ट पारे।

जनतालाई सुरक्षित महसुस गराउनका लागि भवनहरू बनाउँदा मापदण्डलाई कठाइका साथ अपनाउनुपर्ने उनले बताए। उनले भने, ‘विकासका निर्माणहरूमा अघि बढ्नुस्, प्रदेश सरकार सधैं सहयोग गर्न तयार छ।’

धरानलाई खेलकुद र लाहुरेको सहर भनेर चिनिने उल्लेख गर्दै मुख्यमन्त्री कार्कीले बहुसांस्कृतिक, बहुभाषिक र बहुधार्मिक हिसाबले पनि धरान त्यतिकै महत्त्वपूर्ण रहेको उल्लेख गरे।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।