जसपा नेपालको सहअध्यक्षमा रकम चेम्जोङ, लालबाबु महासचिव

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको पदाधिकारी र कार्यकारिणी समितिले पूर्णता पाएको छ। पार्टी अध्यक्ष उपेन्द्र यादवले महाधिवेशन भएको करिब साढे दुई महिनापछि पदाधिकारी र कार्यकारिणी समितिका साथै केन्द्रीय समितिलाई पूर्णता दिएका हुन्।

त्यसबेला अधिवेशन अध्यक्षको मात्रै टुंगो लगाएर सकिएको थियो। र, त्यसपछि पदाधिकारी मनोनीत गर्ने सर्वाधिकार अध्यक्ष यादवलाई नै दिएको थियो।

अध्यक्ष यादवले पार्टीको सहअध्यक्षमा रकम चेम्जोङलाई मनोनीत गरेका छन् भने उपाध्यक्षहरूमा राजकिशोर यादव, मृगेन्द्रकुमार सिंह यादव, गोविन्द चौधरी, शिवलाल थापामगर, विद्युत बज्राचार्यलाई मनोनीत गरेका छन्।

यस्तै, महासचिवमा लालबाबु राउत र रामकुमार शर्मा रहेका छन् भने उपमहासिचवमा प्रकाश अधिकारी, दीपक कार्की र रेखा यादवलाई मनोनीत गरेका छन्।

सचिवहरूमा लLला सिटौला, शैलेन्द्र साह, सुनी लामा, राजकुमार राई, लाक्पा शेर्पा र कमरुद्दीन राई रहेका छन्। कोषाध्यक्षमा सुरिताकुमारी साह मनोनीत भएकी छन्।

कार्यकारिणी सदस्यहरुमा हरिनारायण यादव, अर्जुन थापा, डा.सुरेन्द्रकुमार यादव, अशेश्वर यादव, डा.कृष्णकुमार राई, निर्मला यादव, तारा विश्वकर्मा, राजकुमार गुप्ता, जयराम यादव र रामकिशोर यादव रहेका छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।