यमनको तटीय क्षेत्रमा डुङ्गा पल्टिँदा १३ जनाको मृत्यु, १४ जना बेपत्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी ।  मनको तटमा आप्रवासीहरूको डुङ्गा पल्टिँदा कम्तीमा १३ जनाको मृत्यु भएको छ भने अन्य १४ जना बेपत्ता भएका छन्।

जिबुटीबाट प्रस्थान गरेको डुङ्गामा २५ जना इथियोपियाली आप्रवासी र दुई यमनी नागरिक रहेको आप्रवासीका लागि अन्तर्राष्ट्रिय सङ्गठन (आइओएम) ले जनाएको छ। डुङ्गा मङ्गलबार बानी अल–हकम उप–जिल्लाको दुबाब जिल्ला नजिकै पल्टिएको थियो।

मृत्यु हुनेमा ११ पुरुष र दुई महिलाको शव फेला परेको छ भने बाँकी बेपत्ताको खोजी कार्य जारी रहेको आइओएमले जनाएको छ। डुङ्गा पल्टिनुको कारण स्पष्ट भएको छैन। 

आइओएमले द्वन्द्व, गरिबी र जलवायु सम्बन्धी चुनौतीलगायत अनियमित बसाइँ सर्ने मूल कारणको समाधान गर्न सबै पक्षलाई आह्वान गरिरहेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।