संसदीय छानबिन समितिले आज रास्वपा सभापति लामिछानेसँग बयान लिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  सहकारी बचतकर्ताको बचत रकम दुरुपयोग सम्बन्धि छानबिन गर्न गठित संसदीय छानबिन समितिले आज पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग बयान लिने भएको छ । 

गोरखा मिडिया नेटवर्कका पूर्वप्रबन्ध निर्देशकसमेत रहेका सभापति लामिछानेलाई समितिले दिउँसो २ बजे बयानका लागि बोलाएका संसदीय छानबिन समितिका सभापति सूर्य थापाले बताए । 

लामिछानेलाई गोरखा मिडिया नेटवर्क प्रालिको प्रबन्ध निर्देशकको हैसियतमा सोधपुछका लागि बोलाइएको समिति सभापति सूर्य थापाले बताए । 

लामिछानेसँगै सञ्चालक छविलाल बन्जाडे जोशीलाई पनि आज नै सोधपुछका लागि बोलाइएको छ । 

उनलाई बिहान ११ बजे बोलाइएको समितिले जनाएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।