बझाङ पहिरोमा परेर एकै परिवारका चार जनाकै मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  बझाङमा पहिरोमा परी एकै परिवारको ४ जनाको मृत्यु भएको छ। गएराति बुंगल नगरपालिका-१० को टुमेडाका वीरबहादुर धामीकाे घरमाथि पहिराे गएकाे थियाे।

मृतकहरूमा धामीकी श्रीमती ५५ वर्षीया काली धामी, बुहारी २५ वर्षीया बुहारी गोल्की धामी, नातिनी ६ वर्षीया आकृति धामी र ३ वर्षीया लक्ष्मी धामी रहेका छन्।

इलाका प्रहरी कार्यालय, बुंगलका अनुसार राति करिब साढे १ बजेको समयमा पहिराे गएकाे थियाे।

पहिरो गएको थाहा पाएपछि वीरबहादुरसहित ६ जनाले भागेर ज्यान जाेगाएका थिए। उनीहरूको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ।

स्थानीयकाे सहयाेगमा प्रहरीले शव निकालिसकेकाे छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।