बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा शुकदेव काफ्ले

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा शुकदेव काफ्ले नियुक्त भएका छन्। 

बागमती प्रदेशका प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले मुख्य न्यायाधिवक्तामा काफ्लेलाई नियुक्त गरेका हुन्।

प्रदेश प्रमुख देवकोटाले नेपालको संविधानको धारा १६० को उपधारा (२) बमोजिम काफ्लेलाई मुख्य न्यायाधिवक्ता नियुक्त गरेका हुन्। 

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार नवनियुक्त मुख्य न्यायाधिवक्ता काफ्लेको भदौ ५ गते शपथ ग्रहण हुने जनाएको छ।

नवनियुक्त मुख्य न्यायाधिवक्ता काफ्ले दोलखा तामाकोशी गाउँपालिका–३ निवासी हुन।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।