काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले बिहीबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर पाँचर डिजेलमा प्रतिलिटर तिन रुपियाँले घटाएको हो ।
निगमका अनुसार अब नयाँ मूल्य पेट्रोलको प्रतिलिटर १६५ र डिजेल १५५ रुपैयाँ कायम भएको छ ।
भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएसँगै नेपालमा पनि मूल्य घटेको निगमको भनाइ छ । एलपीजी सिलिण्डरको मूल्य पनि यथावत छ ।
Comment