सीजी मोटर्सले एकै दिन हस्तान्तरण गर्‍यो १७ वटा किङलङ १४ सिटे इलेक्ट्रिक भ्यान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । चौधरी ग्रुपअन्तर्गतको सीजी मोटर्सले एकै दिन १७ वटा किङलङ १४ सिटे विद्युतीय भ्यान हस्तान्तरण गरेको छ।

कम्पनीले नेपाली बजारमा बिक्री वितरण गर्दै आइरहेको किङ्गलङ्ग १४ सिटर इलेक्ट्रिक भ्यान काठमाण्डौमा पानीपोखरीस्थित आफ्नो शोरुमबाट हस्तान्तरण गरेको हो। काठमाण्डौका विभिन्न रुटमा सेवा दिने गरी विभिन्न यातायात व्यवसायीहरुलाई एकैपटकमा १७ वटा किङ्गलङ्ग १४ सिटर इलेक्ट्रिक माइक्रो भ्यान हस्तान्तरण गरेको कम्पनीले जनाएको छ।

 किङलङ १४ सिटर इलेक्ट्रिक कमर्सियल भेहिकलमा ५०.२३ किलोवाट आवरका ब्याट्री रहेका छन्। यसका साथै उक्त गाडीमा एबीएस, ईबीडी, १८० एमएमको ग्राउन्ड क्लियरेन्स, १५ इन्चको टायर, रिभर्स क्यामेरा, रिभर्स क्यामेरा विथ सेन्सर, एसीजस्ता विशेषताहरु रहेको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार उक्त गाडीलाई २० प्रतिशतबाट ८० प्रतिशत चार्ज गर्न मात्र ४५ मिनेट लाग्छ। ग्राहकहरूको मागअनुसार किङलङको पानीपोखरी सोरुमसँगै नेपालभर थप २१ वटा सोरुमबाट सेल्स तथा सर्भिसिङको सुविधा लिन सकिनेछ।

साथसाथै काठमाण्डौमा तीन स्थानबाट सर्भिसिङको पनि सुविधा लिन सकिनेछ। नेपालभर १८५ भन्दा धेरै स्थानहरूमा चार्जिङ सेवा दिँदै आइरहेको र थप उतिकै ठाउँमा चार्जिङ सुविधा बिक्री वितरण हुनेछ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।