काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सन नेपाल लाइफ इन्स्योरेन्सको बोनस सेयर सूचीकृत भएको छ ।
नेप्सेमा मंगलबार इन्स्योरेन्सले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट वितरण गरेको लाभांश सूचीकृत भएको हो ।
नेप्सेमा कम्पनीको २३.८० प्रतिशत अर्थात् ७६ लाख १६ हजार कित्ता बोनस सेयर सूचीकृत भएको छ ।
सूचीकृत बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा भएपछि मात्र दोस्रो बजारमा खरिदबिक्री गर्न सक्नेछन् ।
Comment