सुनको मूल्य हालसम्मकै उच्च

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली बजारमा सुनको मुल्य एकैदिन प्रतितोला २१ सय रुपैयाँ बढेको छ । सोमबार १०० रुपैयाँ घटेको सुनको भाउ मंगलबार २१ सय रुपैयाँ बढेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाला सुनको भाउ प्रतितोला १ लाख ५० हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाला सुनको भाउ प्रतितोला १ लाख ४८ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, मंगलबार चाँदी १ हजार ७४० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी १ हजार ७१५ रुपैयाँमा कारोबार भएको थियो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।