भदौ ४ देखि कुवेतमा फेरि उडान सुरू गर्दै हिमालयन एयरलाइन्स

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । हिमालय एअरलाइन्सले आगामी भदौ ४ (अगस्ट २०) देखि कुवेतमा फेरि उडान गर्ने भएको छ ।

कुवेतमा कार्यरत र बसोबास गर्ने नेपालीहरूको अत्याधिक मागलाई सम्बोधन गर्दै हिमालयले डेढ वर्षपछि पुनः सीधा उडान गर्न लागेको हो । एयरलाइन्सले २०७९ माघदेखि कुवेत उडान रोकेको थियो ।

काठमाडौं-कुवेत-काठमाडौंमा पुनः सुरू गर्दा दुई राष्ट्रका नागरिक बीचको सम्बन्धलाई मजबुत बनाउने, पर्यटन र व्यापारलाई प्रवर्धन गर्ने उद्देश्यलाई प्रोत्साहन गर्ने एयरलाइन्सले जनाएको छ ।

कुवेतका लागि जनरल सेल्स एजेन्ट पार्टनरको रूपमा सिजर्स ट्राभल ग्रुपलाई नियुक्त गरेको हिमालयले जनाएको छ ।एयरलाइन्सले सुरूमा साताको एक उडान गर्ने र यात्रुको मागका आधारमा थप उडानहरू थप्ने योजना बनाएको छ ।

काठमाडौंबाट स्थानीय समय अनुसार बिहान ००:४० बजे उडान भरेर स्थानीय समय अनुसार बिहान ०३:१५ बजे कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने एयरलाइन्सले जनाएको छ । त्यसैगरी, कुवेतबाट स्थानीय समय बिहान ०४:१५ मा उडान भर्ने र स्थानीय समय अनुसार बिहान ११:५० मा काठमाडौं अवतरण गर्नेछ ।

हिमालय एअरलाइन्स नेपाल-चीन बीचको संयुक्त साझेदारी कम्पनीका रूपमा स्थापित अन्तर्राष्ट्रिय विमान कम्पनी हो । जसको स्थापना सन् २०१४ मा भएको थियो । हिमालय एअरलाइन्स्, तिब्बती नागरिक उड्डयन विकास तथा लगानी कम्पनी लिमिटेड र यती वल्र्ड इन्भेस्टमेन्टबीचको संयुक्त साझेदारी कम्पनीका रूपमा स्थापित वायुसेवा कम्पनी हो ।

हिमालय एअरलाइन्स्सँग हाल ४ वटा विमानहरू छन्। एयरलाइन्सले हाल मध्यपूर्व र दक्षिण एसियाका संयुक्त अरब इमिरेट्स, मलेसिया, कतार, साउदी अरेबिया, बंगलादेश र चीनमा नियमित उडान गर्दै आएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।