पानीमा किरा भेटिएपछि अनामनगरस्थित किम्ची फास्टफुडलाई २ लाख जरिवाना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं   । काठमाडौं महानगरपालिकाले अनामनगरस्थित रहेको किम्ची फास्टफुडलाई दुई लाख रुपैयाँ जरिवाना तिराएको छ । सिल गरेको प्रशोधित पिउने पानीको बोतलमा अखाद्य वस्तु भेटिएपछि महानगरले आइतबार जरिवाना गराएको हो । 

पानीमा किरा भेटिएपछि अनामनगरस्थित किम्ची फास्टफुडलाई २ लाख जरिवाना

किम्चीको कार्यक्रम हलमा महानगरले दुई दिने ‘विवाद व्यवस्थापनः वडा कार्यालयको भूमिका अभिमुखीकरण’ कार्यक्रम आयोजना गरेको थियो ।

कार्यत्रममको क्रममा महानगर ११ की वडासदस्य यशोमती परियारले सिल प्याक रहेको बोतलको पानी पिउनलाई गिलासमा खन्याउँदा किरा भेटिएको थियो ।

कार्यक्रममा उपस्थित भएकी महानगरकी उपप्रमुख सुनिता डंगोलले तत्काल कार्यक्रम स्थगित गरी दूषित पानी बिक्री गर्नेलाई कारबाही गर्न निर्देशन दिएकी थिइन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।