आइएमई पे र जुनो बीच साझेदारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपालको अग्रणी मोबाइल वालेट आईएमई पे र फिनटेक कम्पनी जुनोबीच साझेदारी भएको छ ।

दुई कम्पनी बीच विदेशबाट नेपालमा रेमिट्यान्स प्राप्त गर्नका लागि क्रान्तिकारी रिक्वेस्ट-टु-पे (भुक्तानीको अनुरोध) समाधान पेश गर्न रणनीतिक साझेदारी भएको हो । यो सहकार्य वित्तीय समावेशीकरणका लागि महत्त्वपूर्ण कदम भएको आईएमई पेले जनाएको छ।

आईएमई पेका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रवीण रेग्मीले यो नवीन ‘आर-टु-पीएक्स’ समाधान प्रदान गर्न जुनोसँग साझेदारी गर्न पाउँदा हर्षित भएको बताए ।

उनले भने, ‘यसले नेपाली नागरिकलाई सशक्तीकरण गर्ने र उनीहरूलाई विश्वव्यापी वित्तीय सेवाहरूमा अझ बढी पहुँच प्रदान गर्ने उद्देश्यसँग पूर्णतया पङ्क्तिबद्ध गर्दछ जसले अन्ततः नेपालीहरूलाई रेमिट्यान्स प्राप्त गर्न छिटो, सजिलो र थप पारदर्शी बनाउँछ ।’

त्यस्तै जुनोका संस्थापक बालकृष्ण जोशीले आईएमई पेसँग मिलेर ‘आर-टु-पीएक्स’ उत्पादनमा काम गर्न पाउँदा उत्साहित भएको बताए ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।