सुनको मूल्य थप घट्यो, कतिमा हुँदैछ कारोबार ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य थप घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा १ लाख ४६ हजार ३०० रुपैयाँ कायम भएको छ । 

मंगलबार पनि सुनको मूल्य घटेको थियो । महासंघका अनुसार सोमबार तोलामा १ लाख ५० हजार रुपैयाँ रेकर्ड कायम भएको छापावाल सुन मंगलबार २ हजार ३०० रुपैयाँ घटेर १ लाख ४७ हजार ७०० रुपैयाँ कायम भएको थियो । जसअनुसार सोमबारदेखि बुधबारसम्म आइपुग्दा सुनको मूल्य तोलामा ३ हजार ७०० रुपैयाँ घटेको छ ।  

यसैबीच बुधबार चाँदीको मूल्य तोलामा १ हजार ७१० रुपैयाँमा कायम भएको छ । अघिल्लो दिन चाँदी  तोलामा १ हजार ७२५ रुपैयाँ कायम भएको थियो ।  

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।