काभा महिला बलिबल: इरानलाई हराउँदै नेपाल फाइनलमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । इरानलाई हराउँदै नेपाल काभा महिला भलिबल नेसन्स लिगको फाइनलमा प्रवेश गरेको छ।

मंगलबार अपराह्न भएको सेमिफाइनल खेलमा नेपालले इरानलाई ३-० को सोझो सेटमा हराउँदै फाइनलमा स्थान बनाएको हो। नेपालले लिग चरणमा इरानसँग हारेको बदला समेत लिएको छ।

उत्कृष्ट प्रदर्शन गरेको नेपालले पहिलो सेट २५-२१ ले जितेको थियो। रोमाञ्चक दोस्रो सेट नेपालले २८-२६ लेअघि रह्यो। दोस्रो सेटमा नेपालले इरानले तीन पटक म्याच प्वाइन्टमा पुगेको अवस्था उल्टाएकव थियो। तेस्रो सेट २५-२० ले जितेपछि खेल नेपाल फाइनलमा पुग्यो। 

अब फाइनलले भारतको सामना गर्नेछ। आजै भएको अर्को सेमिफाइनल खेलमा भारतले श्रीलंकालाई हराएर फाइनल प्रवेश गरेको थियो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।