एभरेष्ट बैंकको चुक्ता पूँजीभन्दा जगेडा कोष धेरै, लाभांश क्षमता सबैभन्दा बढी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । एभरेष्ट बैंकको खुद नाफामा सामान्य सुधार आएको छ । बैंकले सोमबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा १०.०७ प्रतिशतले बढेको छ ।

बैंकले असार मसान्तसम्म ३ अर्ब ७० करोड ६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षको तुलनामा ३४ करोड रुपैयाँ बढी हो । बैंकले अघिल्लो आव २०७९/८० मा ३ अर्ब ३६ करोड २१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

गत वर्ष बैंकको खुद ब्याज आम्दानी र संचालन मुनाफा बढ्दा नाफा बढ्न पुगेको हो ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३.३५ प्रतिशतले बढेर ७ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ । बैंकको सञ्चालन नाफा १६.३१ प्रतिशतले बढेर ५ अर्ब ६० करोड रुपैयाँ पुगेको छ ।

गत वर्ष बैंकले २ खर्ब ३२ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ७९ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । यस अवधिमा बैंकको निक्षेप १७.३३ प्रतिशत र कर्जा लगानी १२.६५ प्रतिशतले बढेको हो ।

हाल ११ अर्ब ७६ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको रिटेन्ड अर्निङमा ३ अर्ब ५१ करोड रुपैयाँ, सेयर प्रिमियममा २३ करोड ८४ लाख रुपैयाँ र जगेडा कोषमा १२ अर्ब २५ करोड रुपैयाँ संचित छ ।

बैंकको वितरण योग्य नाफा ३ अर्ब ५१ करोड रुपैयाँ छ । यसबाट सेयरधनीलाई २९.८६ प्रतिशत लाभांश दिन पुग्छ । यो २० वटा वाणिज्य बैंकमध्ये सबैभन्दा धेरै हो ।

खुद नाफा बढेसँगै बैंकको प्रतिसेयर आम्दानीमा पनि झिनो सुधार आएको छ । समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी २ पैसा बढेर रुपैयाँबाट बढेर ३१.४५ रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ २३६.०६ रुपैयाँ, खराब कर्जा ०.७१ प्रतिशत, बेसरेट ७.२९ प्रतिशत रहेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।