पोखरा उडेको बुद्धको जहाजमा प्राविधिक समस्या, काठमाडौं फिर्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा उडेको बुद्ध एयरको जहाज बीचबाटै काठमाडौं फर्काइएको छ ।

पोखरा उडेको उडान नं ६५५ कल साइन ९ एन-एएमडी जहाजमा प्राविधिक समस्या देखिएपछि बीचबाटै काठमाडैं फर्काइएकाे हो । उक्त जहाज सुरक्षित रूपमा अवतरण गरिसकेको छ ।

उक्त जहाजको इन्डिकेटरमा समस्याको संकेत देखिएपछि तुरुन्तै काठमाडौं फकाईएको हो । अहिले प्राविधिकहरूले जहाजको जाँच गरिरहेका छन् ।

उक्त जहाजका यात्रुलाई अर्को जहाजबाट पोखरा पठाइएको बुद्ध एयरले जनाएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।