कक्षा १२ को नतिजा सार्वजनिक, ४७ प्रतिशत विद्यार्थी फेल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ। बोर्डले शुक्रबार सार्वजनिक गरेको नतिजा अनुसार परीक्षामा ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्।

परीक्षामा सहभागी भएका नियमिततर्फ ३ लाख ९० हजार ८६८ जनामध्ये १ लाख ८७ हजार २१ जना (४७.०९ प्रतिशत) विद्यार्थी ननग्रेडिङ (एनजी) ल्याएका छन्।

कक्षा १२ को पनि लेटर ग्रेडिङ निर्देशिका २०७८ अनुसार नतिजा प्रकाशन भएको हो। जसमा प्रत्येक विषयमा सैद्धान्तिकतर्फ ३५ प्रतिशत अंक नल्याउने विद्यार्थी फेल भएका छन्।

परीक्षामा ९ हजार ५९१ जना विद्यार्थीले भने ४ जीपीए ल्याएका छन् । गत वैशाख १४ गतेबाट सञ्चालित कक्षा १२ को परीक्षामा ४ लाख ९१ हजार ४९७ विद्यार्थी सहभागी थिए।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।