थाइ एयर एसियाले भैरहवा विमानस्थलमा नियमित उडान गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । थाइ एयर एसियाले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान गर्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले थाइ एयरलाई भैरहवाबाट साताको ४ उडान गर्न अनुमति दिएको हो ।

एयर एसियाले ५ वर्षपछि पुनः नेपालमा उडानका लागि प्राधिकरणसँग अनुमति मागेको थियो । एयरलाइन्सले काठमाडौंमा साताको ७ उडानका लागि अनुमति मागेको थियो । तर, प्राधिकरणले भैरहवा उडान गर्ने शर्तमा मात्रै अनुमति दिने बताएपछि एयर एसिया भैरहवा उडान गर्न तयार भएको हो ।

त्यस्तै, थाइ एयर एसियाले डिसेम्बरदेखि काठमाडौं स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पनि साताको तीन उडानको अनुमति पाएको छ ।

थाइ एयर एसियाको नेपालमा जनरल सेल्स एजेन्ट (जीएसए)को रूपमा युनिभर्सल ट्राभल रहेको छ ।

संचालनमा आएको २ वर्ष बिते पनि भैरहवा विमानस्थलबाट नियमित रुपमा अन्तर्राष्ट्रि उडान हुन सकेको छैन । यसअघि जजिरा एयरलाइन्सले कुवेत उडान गरे पनि नियमित हुन सकेन ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।