लेबनानमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह, सहायताका लागि तोक्यो सम्पर्क व्यक्ति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । इजरायलको आक्रमणमा इरानमा हमास प्रमुख इस्माइल हनिया तथा लेबनानमा हिजबुल्लाहका कमान्डर फुआद सुकर मारिएपछि मध्यपूर्वमा हिंसा चर्किने खतरा बढेको छ।

यसैबीच इजिप्टको कायरोस्थित नेपाली दूतावासले लेबनानमा रहेका नेपालीलाई सतर्कता अपनाउन सुझाव दिएको छ।

लेबनानसमेत हेर्ने इजिप्टको कायरोस्थित नेपाली दूतावासले सूचना जारी गर्दै भनेको छ, ‘लेबनानमा विकसित घटनाक्रमका सन्दर्भमा उक्त मुलुकमा रहेका सम्पूर्ण नेपाली नागरिकहरूलाई आवश्यक सतर्कता तथा सचेतना अपनाउन एवम् सहायताका लागि नेपाली राजदूतावास कायरो तथा बेरुतस्थित अवैतनिक नेपाली वाणिज्यदूतावासका देहायानुसारको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध छ।’

लेबनानमा रहेका नेपालीको सूची अद्यावधिक गर्ने प्रयोजनका निम्ति दूतावासको वेबसाइटमा रहेको लिंकमार्फत आवश्यक विवरण उपलब्ध गराइदिन पनि दूतावासले आग्रह गरेको छ।

सम्पर्कका लागि :

कायरो इमेल– [email protected]

सम्पर्क व्यक्ति– दीपक घिमिरे, द्वीतिय सचिव

फोन नं. ±201097772348 -WhatsApp_

माधवराज काफ्ले, तृतीय सचिव

फोन नं. +201002505997 -WhatsApp_

बेरुत इमेल– [email protected]

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।