रहेनन् शास्त्रीय संगीतकार गुरुदेव कामत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिरहा । चर्चित शास्त्रीय संगीत गुरु गुरुदेव कामतको निधन भएको छ।

मृगौला रोगबाट पीडित कामतको ६९ वर्षको उमेरमा बिहीबार बिहान ८ बजे सिरहास्थित आफ्नै घरमा निधन भएको हो।

रोजगारीका सिलसिलामा कतारमा रहेका जेठा छोरा घर आइपुगेपछि कामतको आजै अन्त्येष्टी गरिने परिवारले जनाएको छ।

गत चैत्रमा कामतको दुवै मिर्गौलामा समस्या देखिएको पत्ता लागेको थियो। त्यसयता डायलासिस गराइरहेका उनी आर्थिक संकटका कारण गतसाता मात्र परिवारसहित जन्मथलो सिराहाको पोखरभिन्डा फर्किएका थिए।

शास्त्रीय संगीतमा निकै श्रद्धा कमाएका कामत ४० वर्षदेखि निरन्तर काठमाडौंमा रहेर नेपाली गीत, संगीत, शास्त्रीय गायन क्षेत्रमा योगदान गर्दै आएका थिए।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।