बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ हजार ६ सय रुपैयाँले बढेको हो ।

योसँगै छापावाला सुन प्रतितोला १ लाख ४९ हजार ४ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन छापावाला सुनको मूल्य १ लाख ४७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज तेजावी सुनप्रतितोला १ लाख ४८ हजार ७ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४७ हजार १ सय रुपैयाँ कायम थियो ।

आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य २० रुपैयाँले बढ्दै प्रतितोला १ हजार ८०० रुपैयाँमा कारोबार भईरहेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।