काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको थप सार्वजनिक निष्काशन (एफपीओ) बाँडफाँट हुने मिति तय भएको छ ।
लघुवित्तको सेयर बिक्री प्रबनधक कुमारी क्यापिटलका अनुसार एफपीओ बुधबार बिहान ८ बजे हुनेछ ।
लघुवित्तले साउन ४ देखि ८ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ दरले ४६ हजार ७२९ कित्ता एफपीओ बिक्रीम ल्याएको थियो । उक्त एफपीओमा २ करोड ३८ लाख ३७ हजार ९०० कित्ताका लागि १६ लाख ५६ हजार ८२६ जनाले आवेदन दिएका छन् ।
लघुवित्तको एफपीओ भर्ने मध्ये ९९.७२ प्रतिशत आवेदकले नपाउने भएका छन् । धितोपत्र बाँडफाँट नियमावली अनुसार आवेदकलाई कम्तीमा १) कित्ताका दरले सेयर दिनुपर्ने व्यवस्था छ । सो ४६ हजार ७२९ कित्ता सेयर ४ हजार ६७२ जना अथार्त ०.२८ प्रतिशत आवेदकलाई मात्र १० कित्ताका दरले सेयर बाँडफाँट गर्न पुग्छ । बाँकी १६ लाख ५० हजार बढीको हात रित्तो हुने देखिएको छ ।
हाल ९१ करोड ७ लाख ८२ हजार ५९८ रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको एफपीओ निष्काशनपछि ९१ करोड ५४ लाख ५५ हजार ४६३ रुपैयाँ पुग्नेछ।
Comment