बागमतीका मुख्यमन्त्री लामाले मंगलबार विश्वासको मत लिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री बहादुरसिंह लामाले यही साउन १५ गते विश्वासको मत लिने भएका छन्।

गत मंगलबार मुख्यमन्त्रीमा नियुक्त लामाले आउँदो मंगलबार प्रदेश सभामा विश्वासको मत माग्ने भएका हुन्।

नेपालको संविधानको धारा १६८ को उपधारा ४ तथा प्रदेश सभा नियमावली २०७४ को उपनियम १ बमोजिम मुख्यमन्त्री लामाले विश्वासको मत लिने भएका हुन्। 

यसका लागि साउन १५ गते दिउँसो ३ बजेका लागि प्रदेश सभाको बैठक आह्वान गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ।

बागमती प्रदेश सभामा सत्ता गठबन्धनमा रहेका दल कांग्रेससँग ३७ र एमालेसँग २७ गरी कूल ६४ सांसद छन्। 

११० सदस्यीय प्रदेश सभामा बहुमतका लागि ५६ सांसद पक्षमा भए पुग्छ। त्यसैले मुख्यमन्त्री लामाले विश्वासको मत पाउने निश्चित छ।

सात राजनीतिक दलको प्रतिनिधित्व रहेको बागमतीमा कुल ११० प्रदेश सभा सदस्य छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।