महिला एसिया कप : फाइनलमा आज भारत र श्रीलंकाको भिडन्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । एसिसी महिला एसिया कप क्रिकेटको उपाधिका आज लागि आयोजक श्रीलंका र भारत भिड्ने भएका छन् । दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै आयोजक श्रीलंकाले भारतसँगको फाइनल भेट पक्का गरेको थियो । 

भारत र श्रीलंकाको फाइनल भिडन्त डम्बुला मैदानमा आइतबार दिउँसो ३ः१५ बजे सुरु हुँदैछ । भारत महिला एसिया कपको फाइनलमा नवौ पटक पुगेको हो । 

पहिलो सेमिफाइनलमा बंगलादेशलाई १० विकटले पराजित गर्दै भारत फाइनल पुगेको हो । प्रतिस्पर्धात्मक बनेको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै श्रीलंकाले फाइनलमा भारतसँगको भेट पक्का गरेको हो । 

दुई समूहमा विभाजन गरिएका आठ टिममध्ये समूह ‘ए’को भारत र ‘बी’को श्रीलंकाले फाइनल खेल्न लागेका हुन् । आयोजक श्रीलंका घरेलु मैदानको फाइदा उठाउँदै उपाधि उचाल्ने लक्ष्यका साथ मैदानमा हुनेछ । भारत उपाधि यात्रालाई निरन्तरता दिने योजनामा छ । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।